राजनीति

मकवानपुर–२ : एमालेका महेशलाई भेट्न अब गठबन्धनका विरोधलाई कति गाह्रो ?

इकागज |
मंसिर ७, २०७९ बुधबार २:११ बजे

मकवानपुर । मकवानपुरको प्रदेश सभा २ मा मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । यहाँको प्रतिनिधि सभा क्षेत्र नं. २ मा पनि त गन्ने क्रम जारी नै छ ।

हालसम्मको मतपरिणामअनुसार यहाँ एमालेका महेशकुमार बर्ताेला अगाडि छन् । उनले हालसम्म १२८९९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका विरोध खतिवडाले ११३९६ मत ल्याएका छन् । नेकपा एसका खतिवडा गठबन्धनका साझा उम्मेदवार हुन् ।


उनीहरुपछि राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली तेस्रोमा छन् । उनले ४४६० मत ल्याएका छन् भने राप्रपाका राजन मैनालीले ७५३ म पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 


Author

थप समाचार
x