राजनीति

बागलुङकाे प्रदेशसभामा कसले जिते-कसले हारे ?

इकागज |
मंसिर ७, २०७९ बुधबार २:४० बजे

ढोरपाटन- बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरे ।    
    
थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार थिए । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गरेका छन्।    
    
बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ ।    
    
बागलुङ () मा कांग्रेसका शेरचन विजयी    
    
बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भए । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका छन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे ।    
    
शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेदवारथिए भने घर्तीलाई नेकपा (एमाले)ले सघाएको थियो । यस क्षेत्रमा शेरचन र घर्तीबाहेक अन्य उम्मेदवार थिएनन् । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो । 



Author

थप समाचार
x