राजनीति

सप्तरी–२ मा राउत १० हजार बढी मतले अगाडि

इकागज |
मंसिर ७, २०७९ बुधबार ३:३० बजे

राजविराज - सप्तरी–२ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका हुन् ।

राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपा अध्यक्ष यादवले १० हजार आठ सय ८७ मत प्राप्त गरेका छन् ।


जसपा अध्यक्ष यादवको भन्दा १० हजार सात सय ३० बढी मत ल्याएर जनमत पार्टीका राउत अगाडि रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।

यस्तै लोसपा नेता जयप्रकाश ठाकुरले चार हजार चार सय ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म सप्तरी क्षेत्र नं २ मा ३९ हजार आठ सय १९ मतगणना भएको छ ।

जसमा एक हजार नौ सय ९० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आइतबार भएको निर्वाचनमा क्षेत्र नं २ को कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार पाँच सय ६० मत खसेको थियो । 


Author

थप समाचार
x