राजनीति

तनहुँमा कांग्रेसका नेता पाैडेल प्रतिष्पर्धीभन्दा कति टाढा ?

इकागज |
मंसिर ७, २०७९ बुधबार ४:१५ बजे

डुम्रे । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनानुसार तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतान्तर बढाएका छन्। नेता पौडेलले एक हजार एक सय ३२ ले मतान्तर बढाएका हुन् ।।    
    
जम्मा १८ हजार तीन सय ५३ मतगणना गर्दा कांग्रेसका वरिष्ठ नेता पौडेलले छ हजार आठ सय तीन मत पाएका छन् । त्यस्तै नेकपा (एमाले)का एकबहादुर रानाले पाँच हजार छ सय ७१ मत प्राप्त गरेका छन् ।    
    
निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।    
    
तनहुँ–१ प्रदेशसभा (१)को आठ हजार पाँच सय २९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का विद्या ढकालले चार सय ४५ मत पाएका छन्। तनहुँ–१ प्रदेशसभा (१)तर्फ ३६ हजार तीन सय ६५ मत खसेको छ ।    
    
तनहुँ–१ प्रदेशसभा (२)मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाएङ्का छन् । एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन् । तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता छन् ।



Author

थप समाचार
x