राजनीति

काठमाडौं–२ र ८ मा एकैसाथ घण्टीले खोल्यो खाता, सोविता र विराजभक्त विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार ५:३० बजे

काठमाडौं । रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यमा खाता खोलेको छ । पार्टीले काठमाडौं–२, र ८ बाट विजयी सुरुआत गरेको हो ।
यहाँ भर्खरै मतगणना सकिएको हो । तर, निर्वाचनको अधिकृतको कार्यालयले भने अझैै मत परिणम सार्वजनिक गरेको छैन । उम्मेदवार स्वयमले आफूले जितिसकेको बताएका छन् ।

१०१०५ मत ल्याउँदै घण्टी चिन्हबाट नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले चुनाव जितेका हुन् । उनले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई झण्डै  आधा मतान्तरले पछि पार्दै चुनाव जितेका हुन् । सायमीले ५८८९ मत ल्याएका थिए ।


त्यस्तै काठमाडौं–२ बाट सोविता गौत्मले चुनाव जितेकी ५न् । उनले १५२२९ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मणीराम फुयाँलले ११५५५ मत पाए । त्यस्तै राप्रपाकी कुन्ती पोखरेलले ११०१४ मत पाउँदा गठबन्धनकी ओनसरी घर्तीमगर ९७४८ मतमै खुम्चिइन् ।
 


Author

थप समाचार
x