राजनीति

इलाम- १ मा मतगणनामा विवाद, सर्वदलीय बैठकको तयारी

इकागज |
मंसिर ७, २०७९ बुधबार ११:३७ बजे

काठमाडौँ - इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । विवादका कारण मंगलबार राति करिब १० बजेदेखि नै मतगणना रोकिएको हो । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नगराइ ब्यालेट बक्स खोलेको भन्दै गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

रोकिएको मतगणना सर्वदलीय बैठक बसेर निर्णय गरिने तयारी भइरहेको छ ।  सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका थिए । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गरेका छन् । मंगलबार राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन ।



Author

थप समाचार
x