राजनीति

धादिङ-२ : विवादका कारण मतगणना रोकियो

इकागज |
मंसिर ७, २०७९ बुधबार ११:५५ बजे

फाइल तस्वीर

काठमाडौँ- बागमती प्रदेशको धादिङ जिल्लाको प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर २ को मत गणना रोकिएको छ । पछिल्लो २ घण्टादेखि मतगणना रोकिएको हो । मतदानपछि उल्लेखित तथ्यांकमा उल्लेख गरिएको भन्दा मत गणनाको क्रममा मत पेटिकामा बढी मत भेटिएपछि विवाद भएको थियो ।

विवादपछि गणना स्थगित भएको हो । मतसंख्यामा फरक भेटिएपछि नेकपा एमाले र राप्रपाका कार्यकर्ताले मत गणना स्थल बाहिर नाराबाजी गरेका थिए । धादिङ क्षेत्र २ को प्रदेश सभा २ को मतगणना गर्ने क्रममा त्रिपुरासुन्दरी ५ ख केन्द्र, गंगाजमुना गाउँपालिकाको तामाङखर्क मावि ४ को ख केन्द्र र रुवीभ्याली गाउँपालिकाको पुरु तिप्लिङ र नेवेर ५ को केन्द्रको मतगणना गर्दा ९२ मत बढी आएको थियो । पत्रपेटीकामा मतपत्रको संख्या फरक भएपछिको विवादले गणना नै रोकिएको हो ।



Author

थप समाचार
x