राजनीति

गुल्मी २ बाट पराजित भएपछि झाँक्रीले भनिन्- यो निर्वाचनले समाजको पिँधसम्म पुगेर धेरै बुझ्‍न पाएँ

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:२३ बजे

काठमाडौँ- गुल्मी २ बाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले समाज र सामाजिक जीवनका थुप्रै पक्षका बारेमा समाजको पिधसम्म पुगेर हेर्ने र बुझ्ने अवसर पाएको बताएकी छन् ।नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि उनले फेसबुकमा गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा सधैं साथ रहने लेखेकी छन् ।

‘यो निर्वाचनमा विजयी मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु,' उनले बिष्टलाई बधाई दिँदै लेखेकी छन् ।


उनले निर्वाचनबाट समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर बुझ्ने मौका पाएको  उल्लेख गरेकी छन् ।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, उनले थप लेखेकी छन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि, त्यो चाहिं लोकतन्त्रको लागि गम्भीर छ ।’

 

 


Author

थप समाचार
x