राजनीति

गठबन्धन बिनै काठमाडौँका दुई क्षेत्रमा कांग्रेसको जित

इकागज |
मंसिर ७, २०७९ बुधबार १४:४६ बजे

काठमाडौँ–नेपाली कांग्रेसले  गठबन्धन बिना नै काठमाडौँका दुई क्षेत्रमा जित हासिल गरेको छ । काठमाडौँ–३ र १० मा कांग्रेसका उम्मेदवार गठबन्धनकै उम्मेदवारसँग पनि प्रतिस्पर्धा गरेर विजयी भएका छन् ।

काठमाडौँ–१० मा नेपाली कांग्रेसका राजन के.सी.ले गठबन्धनको साथ नै ठूलो मतान्तरले जित हासिल गरेका छन् । यस क्षेत्रबाट सत्तारूढ गठबन्धनका दुई दल कांग्रेस र माओवादीले आफ्ना उम्मेदवार उठाएका थिए ।


कांग्रेसका तर्फबाट उम्मेदवार बनेका के.सी.ले  १४ हजार ४ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनीको निकटतम प्रतिस्पर्धी एमालेका हिमेश के.सी.ले ११ हजार ७ सय ८६ मत पाएका थिए ।

तर माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी अन्जना विशंखे भने पाँचौ भइन् । उनीलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारले समेत जिते ।

काठमाडौँ–३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् । यस क्षेत्रमा पनि माओवादी र कांग्रेस दुवैले प्रतिस्पर्धा गरेका थिए । चालिसेले १५ हजार १ सय ५८ मत ल्याउँदा सातौँ भएका बद्रीप्रसाद बजगाईले भने ५ सय १८ मत मात्रै ल्याएका छन् ।

यी दुवै क्षेत्रबाट कांग्रेसको जितले गठबन्धन बिना पनि जित सम्भव हुने सन्देश दिएको छ । कांग्रेसमा गठबन्धन गर्ने विषयमा सुरुमा आन्तरिक विवाद देखिए पनि पछि गठबन्धन गर्ने सहमति भएको थियो ।

यसपटकको निर्वाचनमा कांग्रेसले माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी दलसँग गठबन्धन गरेको थियो । यस्तै एमालेले राप्रपासँग गठबन्धन गरेको थियो । 


Author

थप समाचार
x