राजनीति

उदयपुर २ (२) बाट रामकुमारले तय गरे प्रदेशसभाको यात्रा

इकागज |
मंसिर ७, २०७९ बुधबार १६:१४ बजे

विराटनगर । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) बाट नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जिवनाथ दाहाललाई ३ हजार ३९१ मतान्तरले पराजित गरेका हुन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेकी कला घलेसँग पराजित भएका खत्रीले दोस्रो प्रयासमा प्रदेशसभाको यात्रा तय गरेका हुन् । खत्रीले १२ हजार ६२७ मत प्राप्त गर्दा दाहालले ९ हजार २३६ मत पाएका छन् । खत्रीसहित प्रदेश १ मा नेपाली कांग्रेसका तीनजनाले प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।



Author

थप समाचार
x