राजनीति

हारको ह्याट्रिकबाट जोगिए विश्वप्रकाश

इकागज |
मंसिर ७, २०७९ बुधबार १८:६ बजे

फाइल तस्वीर

काठमाडौँ- अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक भने विजयी भएका छन्। शर्माले एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्। एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९ हजार ६ सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत पाएका थिए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।



Author

थप समाचार
x