जितपछि के भनिन् सोविता गौतमले ?
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको शुरुवात भइसकेको बताएकी छिन् ।
बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । बुधबार उनले अब देशमा परिवर्तनको शुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ छ । उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताइन् ।
जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै उनले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् । उनले आफूले पैसा खर्च गरेर चुनाव नजितेको दाबी गरिन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया