राजनीति

गुल्मीको क्षेत्र नं २ मा एमालेका गोकर्ण विष्ट विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १८:३६ बजे

गुल्मी- गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण राज विष्ट विजयी भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिएका छन् । 

क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले २८ हजार पाँच सय ८५ मत प्राप्त गरी विजयी बनेका हुन् । त्यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेकी थिइन् ।


गुल्मी क्षेत्र नं २ (१) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार एक सय ३० मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १३ हजार आठ सय ८० प्राप्त गरेका थिए । 

त्यस्तै गुल्मी क्षेत्र नं २ (२) मा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी भएका छन्। पन्थीले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेका छन् । झिनो मतले गठबन्धनका उम्मेदवार जिसी पराजित भएका छन् ।


Author

थप समाचार
x