राजनीति

पर्सा-२ बाट कांग्रेसका अजय चौरसिया निर्वाचित

इकागज |
मंसिर ७, २०७९ बुधबार १८:५० बजे

वीरगञ्ज- पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । 

चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।



Author

थप समाचार
x