Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

उदयपुर २ प्रदेश सभा (ख) मा सत्ता गठबन्धनका खत्री विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १९:७ बजे

उदयपुर- उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट सत्ता गठबन्धका नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वीलाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन् । खत्री १२ हजार ६२७ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त प्राप्त गरेको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताए । २०५१ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेको ४२ वर्षीय खत्री कटारी नगरपालिका ८ सिरिसे निवासी हुन् ।


यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए । निर्वाचन क्षेत्र २ प्रदेश सभा (ख) मा कटारी नगरपालिका र ताप्ली गाउँपालिका पर्छ । त्यहाँ २६ हजार १ सय ७६ मत खसेको थियो ।


Author

थप समाचार
x