राजनीति

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

इकागज |
मंसिर ७, २०७९ बुधबार १९:१७ बजे

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायम नै रहेको छ । उन्मुक्तिकी अध्यक्ष रंजिता श्रेष्ठले सुरुवातदेखि नै अग्रता कायम राखेकी छिन् । 

अहिलेसम्म ३९ हजार ६०९ मतगणना हुँदासम्म श्रेष्ठले १८ हजार ३८३ मत प्राप्त गरेकी छिन् । श्रेष्ठलाई नेपाली कांग्रेसका रामजनम चौधरीले ११ हजार १५८ मतका साथ पछ्याइरहेका छन् ।


त्यस्तै तेश्रो स्थानमा रहेका टिकापुर नगरपालिकाका पूर्व मेयर समेत रहेका नेकपा एमालेका तपेन्द्र रावलले ३ हजार ९१४ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x