राजनीति

चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्छु : पाैडेल

इकागज |
मंसिर ७, २०७९ बुधबार १९:३० बजे

काठमाडौँ- प्रतिनिधिसभामा काठमाडौँ–५ बाट निर्वाचित प्रदीप पौडेलले चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।​

आफू निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले जनताका समस्या समाधान र देशलाई अघि बढाउन यसअघि गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले ढल, खानेपानी, प्रदूषण लगाएतका विभिन्न समस्याहरूलाई केन्द्रीय सरकारको योजनामा राखेर समाधान गर्ने जिकिर गरे ।


विकासका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउने र राष्ट्रको जिम्मेवारीलाई पनि पूरा गर्ने उनले बताए ।

उनले देशका महत्वपूर्ण मुद्दाहरूमा आफ्नो उपस्थिति देखाउने बताए ।


Author

थप समाचार
x