अछाम–२ मा शाह विजयी
अछाम- अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले छ । शाहले छ हजार आठ सय ४० मत बढी ल्याएका हुन् । अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया