बैतडी प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनका भट्ट विजयी
बैतडी- बैतडीमा सत्ता गठबन्धनले विजय सुरुवात गरेको छ । प्रदेशसभा क्षेत्र (ख)मा नेपाली कांग्रेसका शिवराज भट्टले एमाले उम्मेदवार लिलाधर भट्टलाई ४ सय ३६ मतान्तरले पछि पार्दै वियज हासिल गरेका छन् ।
शिवराजले १७ हजार ७ सय २६ मत प्राप्त गरी विजयी हुँदा एमालेका लिलाधरले १६ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा जम्मा ३७ हजार २ सय ७८ मत खसेको थियो ।
प्रदेशसभा (क)मा भने एमालेका सुरेन्द्र पालले सुरुदेखि नै अग्रता कायम गरेका छन् भने, प्रतिनिधिसभा तर्फ यसअघि एमालेले अग्रता कायम गरेका थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया