राजनीति

दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार २१:९ बजे

दार्चुला– दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् ।  नेकपा एमालेका उम्मेदवार गणेश सिह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत खेम राज भट्टकाअनुसार बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने प्रतिस्पर्धि ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् ।

निकै शान्त र मर्यादित रूपले अहिलेसम्म प्रदेश र केन्द्रको मतगणना सम्पन्न भएको छ । आज बाहिर हो हल्ला र गणकहरू कम भएकाले भोलि बिहानैदेखि समानुपातिकको मतगणना गरिने पनि मुख्य निर्वाचन अधिकृत खेम राज भट्टले बताएका छन् ।
 



Author

थप समाचार
x