राजनीति

चितवन–२ मा रवि १७ हजार ७१६ मतले अगाडि

इकागज |
मंसिर ७, २०७९ बुधबार २१:४८ बजे

चितवन– चितवन क्षेत्र नंं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायम गरेका छन् । उनले  १७ हजार ७१६ मतान्तरले आफ्नो अग्रता कायम राखेका हुन्।

लामिछानेले २८ हजार ८९९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १११८३ मत ल्याएका छन् ।  नेकपा एमालेका कृष्णभक्त पोखरेल ११ हजार २१ मत ल्याएर तेस्रो स्थानमा छन्। 


सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछाने अहिले लगातार अग्रता लिइरहेका छन् । 


 

 


Author

थप समाचार
x