राजनीति

तनहुँ–१ मा रामचन्द्र​ पौडेलको अग्रता कायमै

इकागज |
मंसिर ७, २०७९ बुधबार २३:५९ बजे

दमौली- तनहुँ– १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन हजारभन्दा बढीको अग्रता लिएका छन् । आज राति ११ः२० बजेसम्मको मतपरिणामअनुसार उनले तीन हजार दुई सय ६९ मतान्तरले अग्रता लिएका हुन् ।

४३ हजार एक सय १८ मतगणना सकिँदा वरिष्ठ नेता पौडेलले १६ हजार सात सय ९८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । 


प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १३ हजार पाँच सय २९ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन हजार नौ सय २९ मत प्राप्त गरेका छन् । वरिष्ठ नेता पौडेलले सुरुआतदेखि नै अग्रता लिइरहेका छन् । 

तनहुँ–१ प्रदेश (१) तर्फका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अशोककुमार श्रेष्ठले अग्रता लिइरहेका छन्  । २६ हजार ४७ मतगणना सकिँदा कांग्रेसका श्रेष्ठले १० हजार आठ सय २१ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले सात हजार नौ सय १३ मत प्राप्त गरेका छन् । तनहुँ– १ प्रदेश २ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमान विजयी भइसकेका छन्  । उनी १३ हजार दुई सय ७१ मत प्राप्त गरी विजयी भएका हुन् । कूल ३० हजार तीन सय ८९ मत खसेकामा प्रतिस्पर्धी गुरुङले १० हजार चार सय ९८ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x