म्याग्दीको प्रदेशसभा–१ मा भण्डारी विजयी
गलेश्वर- म्याग्दीको प्रदेशसभा क्षेत्र (१) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि भण्डारी विजयी भएका छन् ।
उनले नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई नौ सय ७५ मतले पराजित गरी विजयी भएका हुन् । भण्डारीले १२ हजार सात सय ४० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कटुलाले ११ हजार सात सय ६५ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता रहेकामा २८ हजार सात सय १७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया