राजनीति

धनुषा–३ (१) मा कांग्रेसका रामसरोज यादव निर्वाचित

इकागज |
मंसिर ८, २०७९ बिहीबार १:१ बजे

जनकपुरधाम- धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् । 

उनले १७ हजार २९ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए ।


यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहेका छन् ।


Author

थप समाचार
x