कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी
दोधारा चाँदनी- कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवारबहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार सात सय २६ मतान्तरले पराजित गर्दै पराजित विजयी भएका छन् ।
थापाले १० हजार छ सय ६८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका रानाले आठ हजार नौ सय ४२ ल्याए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काले चार हजार चार सय चार मत ल्याए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ५० हजार आठ सय ८९ मतदाता रहेकामा ३० हजार नौ सय ४५ मत खसेका थिए । जसमा एक हजार छ सय ४१ मत बदर भएको निर्वाचन अधिकृत मोहन जोशीले बताए ।
त्यसैगरी प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का ओम विक्रम भाट निर्वाचित भएका हुन । उनले १० हजार नौ सय २५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका बचनबहादुर सिंहले १० हजार चार सय ५० मत ल्याए । त्यसैगरी नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार एक सय ५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत ल्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया