राजनीति

बझाङ प्रदेश (२) मा माओवादीका भीम भण्डारी विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १:४५ बजे

बझाङ- बझाङ प्रदेशसभा सदस्य (२) मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी विमलकुमार अधिकारीका अनुसार गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का भण्डारीले १३ हजार ८७९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार लालबहादुर रावलले ११ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर दुई हजार पाँच सय ४२ रहेको छ ।



Author

थप समाचार
x