पूर्वी नवलपरासी–१ (१) मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी
कावासोती- नेपाली कांग्रेस पूर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालय अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले १५ हजार एक सय ३४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रबिन्द्र अधिकारीले १३ हजार नौ सय ८७ मत प्राप्त गरेका छन् । पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(१)मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ४१ हजार सात सय ४२ रहेको थियो ।
यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ र २ तथा प्रदेशसभा १ को २ मा गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया