Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

पाल्पा-१ (१) मा एमालेका श्रेष्ठ निर्वाचित

को हुन् नवनिर्वाचित श्रेष्ठ

इकागज |
मंसिर ८, २०७९ बिहीबार ७:७ बजे

रामपुर- पाल्पा क्षेत्र नं १ (१) मा नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार उनले पाँच हजार तीन सय ९० मतान्तरले जितलाई आफ्नो पक्षमा पारेका थिए ।

श्रेष्ठले क्षेत्र नं १ प्रदेश (१) भित्रका १९ वडाबाट खसेको ३१ हजार दुई सय ११ मतमध्ये १७ हजार छ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गरेका छन् । 


प्रदेशसभा सदस्यमा मङ्गोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचालले दुई सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले चार सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारीले ८० मत ल्याएका छन् । कूल मतमध्ये पाँच सय ४६ मत बदर भएको निर्वाचन अधिकृत गोपादप्रसाद ढकालले जानकारी दिए ।

क्षेत्र नं १ (१) अन्तर्गत निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ र ३, रामपुर नगरपालिका क्षेत्र पर्दछन् । क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकामा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको छ । 
 
को हुन् नवनिर्वाचित श्रेष्ठ
 
विसं २०२३ मा पाल्पाको रामपुर नगरपालिका–५ बेझाडमा जन्मिएका श्रेष्ठ ०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामतुलसी माविको एकाइ सचिवको जिम्मेवारीमा रहँदै राजनितिमा प्रवेश गरेका थिए । उनी ०३६ एमालेको पार्टी सदस्य र ०४६ मा सङ्गठित सदस्यता लिएर श्रेष्ठले एमाले पाल्पाको विभिन्न पदमा रहेर समेत काम गरेका थिए । 

दलहरू प्रतिबन्धित रहेको समयमा रामपुर गाउँ कमिटीमा आबद्ध भएर ०४६ को जनआन्दोलनमा सक्रिय रहेका थिए । त्यस समयपछि इलाका कमिटी सचिव, क्षेत्रीय कमिटी सदस्य हुँदै जिल्ला कमिटी दुई कार्यकाल सदस्य बनेका थिए । श्रेष्ठ अहिले एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य पदमा रहेका छन् । 

उनी ०५४ को स्थानीय चुनावमा तत्कालीन रामपुर गाविस वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएर कामसमेत गरे । सङ्घीयता कार्यान्वयनमा आएसँगै ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा रामपुर नगर प्रमुख पदमा पराजित भएका थिए । 


Author

थप समाचार
x