राजनीति

कास्की–२ (ख) मा कांग्रेसका थापा विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार ७:१६ बजे

पोखरा- कास्की–२(ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । उनी नेकपा एमालेकी मिना गुरुङलाई पछि पार्दै निर्वाचित भएका हुन् । 

विजयी कांग्रेसका थापाले ९ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका छन् ।


उनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मिना गुरुङले ७ हजार ९ सय ७१ मत ल्याए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले ३ हजार ९ सय ३ र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले ३ सय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x