रूपन्देही-२ (१) मा एमालेका लिला गिरी विजयी
बुटवल - रूपन्देही क्षेत्र नम्बर २ (क) बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्।
प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरिले १७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घ बहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया