यस्तो छ चितवनका तीन क्षेत्रको पछिल्लो अपडेट
काठमाडौँ - चितवनका तीन निर्वाचन क्षेत्रमध्ये दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका हरि ढकाल अग्र स्थानमा छन् भने दुईमा सो पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले अगाडि छन् ।
क्षेत्र नम्बर १ मा हरि ढकाललले २६ हजार ६४२ मतसहित अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका सुरेन्द्र पाण्डेले १८ हजार ८५९ मतका साथ पछ्याइरहेको छन् । कांग्रेस उम्मेदवारले १८१०० मत पाएका छन् ।
त्यस्तै चितवन २ मा रवि लामिछाने ३९ हजार २१६ मतका साथ अग्र स्थानमा छन् । उनलाई एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७७ मतका साथ पछ्याइरहेका छन् भने कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् ।
चितवन ३ मा भने राप्रपाले अग्रता बनाउको छ । राप्रपाका विक्रम पाण्डे १९ हजार ९२७ मतका साथ अग्र स्थानमा छन् । उनलाई माओवादीका उम्मेदवारले ११ हजार २९५ मतका साथ पछ्याइरहेका छन् । रास्वाका उम्मेदवार ९ हजार ३१७ मतका साथ तेस्रो स्थानमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया