राजनीति

मुख्यमन्त्रीका दाबेदार कँडेल सुर्खेत-२(१) बाट विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार ८:२ बजे

सुर्खेत - सुर्खेत क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी भएका छन् । आज बिहान सकिएको मत गणनामा एमालेका उम्मेदवार कँडेलले १८ हजार ५६१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य ले १८ हजार ४ सय मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका सूर्य बहादुर खत्रीले ३ हजार ६८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिव प्रसाद उपाध्यायले १ हजार २७५ मत प्राप्त गरेका छन् ।


कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्य मन्त्रीका दाबेदार हुन् । उनले यसअघि पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।


Author

थप समाचार
x