राजनीति

पाँचथरमा एमालेका बसन्तकुमारले बनाए अग्रता

इकागज |
मंसिर ८, २०७९ बिहीबार १०:३० बजे

काठमाडौँ–पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङले ५ सय ५ मतको अग्रता बनाएका छन् ।

हालसम्मको मत गणनामा नेम्वाङले १५ हजार ६ सय ५ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्वेले १५ हजार १ सय मत पाएका छन् ।


यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा पनि यी दुई उम्मेदवारकै प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा नेम्वाङ निर्वाचित भएका थिए ।
 


Author

थप समाचार
x