राजनीति

एमालेका कर्णाली अध्यक्ष शाह विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार ११:१७ बजे

सुर्खेत - नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह दैलेख–२ (२) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीलाई ८४ मतले पछि पार्दै उनी प्रदेश सभा सदस्य बनेका हुन् । 


शाहले ९ हजार ४ सय ६४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शाहीले ९ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x