राजनीति

२८ वर्षीय अनुराग बने प्रदेशसभा सदस्य

इकागज |
मंसिर ८, २०७९ बिहीबार १३:१७ बजे

बुटवल - दाङ क्षेत्र नं. १ (२) मा नेपाली नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए ।


खत्रीलाई ३ हजार ५२ मतअन्तरतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन ।

दाङको निर्वाचिन क्षेत्र १(१) मा कुल ३८ हजार ५ सय ९२ मत खसेको थियो ।

अनुराग स्वर्गीय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन् । उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुन् ।


Author

थप समाचार
x