राजनीति

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

इकागज |
मंसिर ८, २०७९ बिहीबार १८:४६ बजे

काठमाडौँ- मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् ।

एमाले(जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।



मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । एमाले(जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए ।


Author

थप समाचार
x