राजनीति

कांग्रेस उपसभापति खड्काले गरे पाँचाैपटक सुर्खेत–१ बाट संसदीय यात्रा

इकागज |
मंसिर ८, २०७९ बिहीबार २२:२० बजे

सुर्खेत, । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाबाट पाँचौ पटक विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहसँग भारी मतान्तरले विजयी भएका हुन् ।

खड्का ११ हजार ६ सय १९ मतान्तरले शाहीलाई पराजित गर्दै विजयी भएका हुन् । खड्काले ४२ हजार ६ सय ७ मत ल्याए भने एमालेका शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गरे उपसभापति खड्का सुर्खेत १ बाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने ।


२०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने वाम गठबन्धनका कारण पराजित भएका थिए । खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी बहन गरिसकेका छन् । खड्का कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् ।


Author

थप समाचार
x