राजनीति

१०० क्षेत्रको नतिजा सार्वजनिक हुँदा कसले कति सिट जिते ?

इकागज |
मंसिर ८, २०७९ बिहीबार २२:२७ बजे

फाइल तस्वीर

काठमाडौंँ - प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ । यस्तै कांग्रेसलाई पछ्याउँदै एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । एमाले दोस्रो स्थानमा रहेको छ ।

नेकपा माओवादी केन्द्रले हालसम्म ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ । यस्तै एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने १ क्षत्रेमा अग्रस्थानमा छ ।


राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छ । २ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले एउटा निर्वाचन क्षेत्रमा अग्रस्थान लिएको छ ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक(एक स्थानमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले चार क्षेत्रमा जित हात पारेका छन् ।

कांग्रेस जित ३६ अग्रता १८

एमाले जित २२ अग्रता २५

माओवादी केन्द्र जित ९ अग्रता ७

नेकपा एस जित ९ अग्रता १

राष्ट्रिय स्वतन्त्र पार्टी जित ७ अग्रता १

राप्रपा जित ४ अग्रता २

 जसपा जित २ अग्रता ४ 

लोसपा जित २ अग्रता २

नागरिक उन्मुक्ति पार्टी जित २ अग्रता १

नेमकिपा जित १ अग्रता 

राष्ट्रिय जनमोर्चा १ अग्रता 

स्वतन्त्र ४ 


Author

थप समाचार
x