टिकट नपाएपछि बागी हालेका अमरेशले कांग्रेसकै नागेन्द्रलाई हराउँदै सांसद बने
सर्लाही । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी भएका छन् । उनले २० हजार १७ मत प्राप्त गरे ।
सिंहका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् । एक हजार सात सय ६४ मतान्तरले सिंह विजयी भएका हुन् । कांग्रेसले उम्मेदवार नबनाएपछि सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यस्तै स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरिन् । कुल ५१ वडा रहेको सर्लाही क्षेत्र नम्बर ४ मा एक लाख १२ हजार चार सय ९४ मतदाता रहेका थिए । यहाँ ७२ हजार ८ सय ८२ जना (६४.७९ प्रतिशत)ले मतदान गरेका थिए ।
क्षेत्र नं ४ मा प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद सिंह र प्रदेशसभा (२) मा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् । सिंहले १५ हजार छ सय ९३ तथा उनको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामबाबु रायले १४ हजार छ सय १६ मत ल्याए ।
यस्तै प्रदेशसभा (२) मा निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवीलाई तीन सय ५७ मतले पछाडि पर्दै महतो विजयी भएकी हुन् । उनले आठ हजार ३३ मत प्राप्त गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया