जितपछि यस्ताे भने कांग्रेस नेता रामचन्द्र पौडेलले
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आज दमौलीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराएर जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भएको बताए । लोकतान्त्रिक आन्दोलनकको इतिहासलाई सम्मान गर्ने पक्षमा जनता रहेको भन्दै उनले जनतालाई शीरमा राखेर काम गर्ने बताए । जनतामा केही कुराको असन्तुष्टि रहेको भन्दै पौडेलले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हरेक कुरामा खरो रुपमा उत्रिन सक्नुपर्ने भन्दै पौडेलले देशमा अपार सम्भावना हुँदाहुँदै पनि नेपाल पछाडि परेको बताए । “नेपालमा अथाह सम्भावना छ, तर पनि नेपाल पछाडि परेको छ,” पौडेलले भने।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया