दाङ-१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित
फाइल तस्वीर
काठमाडौँ - दाङ-१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा सहरी विकासमन्त्री रहेका चौधरी २६ हजार ५ सय ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरी रहिन् । उनले २१ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन् । दुवै बीचको मतान्तर ५ हजार ८४ मतको रहेको छ । त्यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक रहे । पाठकले १३ हजार ७ सय ९४ मत प्राप्त गरे । मेटमणि २०७४ मा भएको आमनिर्वाचन पनि एमाले उम्मेदवारका रुपमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया