राजनीति

‘सेवा र जनतामुखी भएर काम गर्दा जित’ बानियाँ

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २:२० बजे

मकवानपुर । मकवानपुर क्षेत्र २ प्रदेश सभा २ बाट निर्वाचित ईन्द्रबहादुर बानियाँले जित घाेषणापछि विजय जुलुस निकालेनन् । मकवानपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य २ जना तथा प्रदेशसभा सदस्य ३ जनाले जितकाे घाेषणा पछि विजयी जुलुस निकाले पनि नेपाली काँग्रेस प्रदेश सभापति बानियाँले भने पत्रकार सम्मेलन आयाेजना गरे ।

विजय पश्चात विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भने न्यायमुखी, सेवामुखी र जनतामुखी भएर काम गर्नाले जित हासिल भएकाे बताए । सत्ता गठबन्धनप्रति सम्मान व्यक्त गर्दै बानियाँले आस्था र विश्वासगरी मतदान गरेका जनताप्रति आफू पाँच वर्ष सेवामै तल्लीन हुने बताए । 


बानियाँ निर्वाचित भएकाे क्षेत्र राक्सिराङ्ग कैलाश र मनहरी गाउँपालिका चेपाङ जातीकाे बसाेबास बाहुल्य क्षेत्र रहेकाे छ । उनले ती समूदाय प्रति लक्षित गर्दै भने ‘चेपाङ समुदाय भगवान हुन घरदैलोमा नपुग्दा पनि आफूलाई मतदान गर्नुभएकाेले विजयी भएको छु ।’  जब सम्म जनताको सेवा गरी जनताको काम गर्दै जनतामा खुसी ल्याउँछु जनताको काममा सफलतामा पुग्छु अनी मात्रै आफूले विजयी जुलुस निकाल्ने उनले बताए ।

कांग्रेसकै उम्मेदवार किन पराजित भए भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता बानियाँले भने ‘जनताले व्यवस्था फेर्न सक्छन्, मन परिवर्तन गर्न सक्छन्, जनता मनको परिवर्तनको वाहक हुन् ।’ उनले गठबन्धन हुँदा पनि सिद्धान्त फरक हुने भएकाेले त्यसलाई व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी रहेको समेत बताए ।

लोकतान्त्रिक प्रतिस्पर्धामा उत्रिनुएका प्रतिस्पर्धीलाई उनले धन्यवाद दिएका छन् । नेता बानियाँले आफू प्रदेशको सभापति भएको नाताले प्रदेशका केही स्थानहरुमा गठबन्धनका उम्मेदवारहरु पराजित हुनुमा हाम्रो गठबन्धनको कमजोरी रहेको समेत स्वीकार गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले प्रदेशभित्र ३५ सय पर्ने गरि स्वास्थ्य विमा कार्यक्रम, आर्थिक कमजोरीहरुको लागि १० हजार घर निर्माण, १२ सम्म गरिब, जेहेन्दार विद्यार्थीलाई निशुल्क पठाउने, प्रदेश राजधानी हेटौंडामा एयरपोर्ट बनाउने, जनताप्रति सेवाभावका साथ काम गर्ने लगायत प्रतिवद्धता समेत गरेका छन् ।

बाँनिया बाहेक काँग्रेसका कसैले पनि मकवानपुरमा जीत हासिल गर्न सकेका छैनन् । बामपन्थीहरुकाे गढ मानिएकाे मकवानपुरमा काँग्रेसकाे विउ राेपेका बानियाकाे याे तेस्राे जीत हाे । उनले २०७० सालकाे संविधान सभामा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरेका थिए । २०७४ सालकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुर २ काे २ बाटै निर्वाचित उनी मुख्यमन्त्रीकाे दाबेदार समेत बनेका थिए । सत्तागठबन्धन कायम रहे र बागमती प्रदेश सभामा गठबन्धनकाे सरकार बन्ने निश्चित भए उनलाई मुख्यमन्त्रीकाे दाबेदारकाे रुपमा हेरिएकाे छ ।


Author

थप समाचार
x