राजनीति

यी ६ दल जसले कटाए समानुपातिकमा ३ प्रतिशत मत

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २:४८ बजे

काठमाडौं– मंसिर ४ गते भएको स्थानीय तह निर्वाचनमा हालसम्मको मतपरिणामनुसार  ६ दलले मात्रै ३ प्रतिशत कटाएका छन्।

तथ्यांकअनुसार हालसम्म खसेको कुल मतका आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी, राप्रपा र जसपाले तीन प्रतिशत मत कटाएका हुन्। 


हालसम्म एमालेले समानुपातिकतर्फ ६ लाख ३९ हजार ६०२ मत, कांग्रेसले ६ लाख २ हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टी ३ लाख १९ हजार ५११ मत कटाएको छ।  त्यस्तै माओवादी केन्द्रले २ लाख ८८ हजार ९ सय ८१ मत पाएको छ। राप्रपाले १ लाख ७२ हजार ५ सय ६० मत ल्याएको छ।

जसपाले ७६ हजार ९ सय ५५ मत पाएको छ। यो अवस्थामा मत प्राप्त गर्न सकेमा समानुपातिकको सिट पाउनेछन् । सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधि सभामा समानुपातिकतर्फ सिट पाउने छन् ।


Author

थप समाचार
x