काभ्रेका यी तीर्थ जो ३ मतले सांसद बने
काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । देशभरबाट प्रतिनिधि तथा प्रदेश सभाका मत परिणाम आइरहेका छन् ।
यसैबीच काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा ख मा रोमाञ्चक नतिजा आएको छ । त्यहाँ ३ मतले हारजित भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका तीर्थ लामाले नेकपा एमलेका चन्द्र लामालाई ३ मतको अन्तरले हराएका हुन् । तीर्थले १९२८० ल्याउँदा प्रतिष्पर्धी चन्द्र लामा .ले १९२७७ ल्याए ।
को हुन तीर्थ ?
नेपाली कांग्रेसको गएको १४ हौं अधिवेशनबाट काभ्रेको जिल्ला सभापतिमा निर्वाचित भए । उनी त्यत्तिकै जिल्ला सभापति भएका होइनन् । नेपाली कांग्रेसको राजनीतिमा लागेर उनले अनेकौं त्याग गरे । जनताको मन जिते । कार्यकर्ताको रोजाइमा परे ।
अनि ३ मतले चुनाव अहिले जितेको कारण यो पनि एउटा हो । किनकि उनी सँधै जनताका काममा रहे । कार्यकर्ताका नजिक रहे अनि उनीहरुकै प्रिय बने । यही हो अहिलेको जित । कारण यत्ति हो । खासमा अरु भित्र खोतल्नु नै पर्दैन ।
र, पनि ।
२०३१ सालमा जन्मिएका तीर्थ लामा पञ्चायत व्यवस्थाको आन्दोलन देखिनै राजनीतिमा सक्रिय थिए । गरिब परिवारमा जन्मिएका लामा कसरी समानता हुन्छ भन्ने खोजी गर्ने क्रममा २०४९ सालमा अखिल छैठौंमा रहेर राजनीति गरेका थिए । पञ्चायत, आन्दोलन तथा माओवादी द्धन्द्ध हुँदै गर्दा २०६० देखि ०६२ सम्म विचारमा विचलन भएर केही बर्ष युरोपियन देशमा समेत बसेका लामा त्यस बेला विदेशी नेता कार्लमास्क जन्मिएको देशमा पुगेका थिए ।
उनले त्यहाँ अध्ययन गरे । धेरै सिके । अनि मनन गरे ।
त्यतिबेला उनले बुझे । समाज यस्सै चल्दो रहेनछ । समाज त्यत्तिकै आफ्नो पक्षमा हुँदो रहेनछ । त्यसका लागि आफू खग्रसर भएर समाजदेखि गउँ, वस्ती, जिल्ला अनि समग्र देशका लागि केही गरेमा मात्र आफू सफल भइने पाठ त्यहीबाट सिके । यति मात्रै हैन उनले त्यहा पुगेर खासमा जीवन सिके । समाज सिके अनि राजनीति सिके ।
त्यहाँ कार्लमास्कको विचार र जनताको सेवामा लागेको उदाहरण हेरे । त्यसपछि नेपालका कम्युनिष्ट आन्दोलन र आफूले राजनीति गरेको पार्टी सम्झे उनले । नेपालका कम्युनिष्ट पार्टीहरुका विचार एक काम फरक पाएपछि आफनो जीवन नै परिवर्तन गरेर प्रजातन्त्र नै शक्तिशाली, लोकतन्त्रको विकल्प नभएको तथा काँग्रेसले खेलेको भूमिका सम्झिएर २०६४ को पहिलो संविधान सभाको चुनावबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका थिए उनले । यो त्यही सिकाइ थियो । जसले उनको जीवन बदल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थियो ।
भाग्य भनौं या उनको लगाव, इमान्दारिता अनि परिश्रमको कदर । या भनौं गाउँ गाउँमा, क्षेत्रहरुमा अनि बस्तीहरुमा उनले गरेको संगठन विस्तार । उनले तत्काल प्रतिफल पाइहाले कि लामा सोही बर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२ औं र १३ आंै महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति भएका थिए ।
सोही क्रममा उनी पार्टीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित पनि भए । कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । त्यसपछिको संसदमा व्यवस्थापिका संसदको संसदीय दलको नेता, पार्टीको तर्फवाट संसदीय दलको सदस्य भएका थिए । तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए ।
बाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तीर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा क्षेत्र नं १ कम्युनिष्ट गढ मानिन्थ्यो । २०४८ यताका निर्वाचनमा सो क्षेत्रबाट कम्युनिष्ट उम्मेदवार जित्दै आएका थिए । २०४८ सालमा जनमोर्चाका कमानसिं लामा र २०५१ र २०५६ मा एमालेका शिवबहादुर देउजाले विजयी हासिल गरेका थिए । ४ निर्वाचन क्षेत्र कायम भएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ र २ मा नेकपा माओवादीका सुर्यमान दोङ र अक्कल बहादु थिङ विजयी भएका थिए । २०७० सालको संविधासभा निर्वाचनमा मात्रै नेपाली कांग्रेसका तीर्थ लामाले गढ तोडेका थिए । क्षेत्र नं २ मा एमालेका रामहरी सुवेदी विजयी भएका थिए
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया