अग्रता बढाउँदै कर्णालीका पूर्वमुख्यमन्त्री शाही
सुर्खेत - एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको कालिकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता बढाएका छन् । शाहीले नेकपा (एमाले) का उम्मेदवार नगेन्द्र शाहीलाई ६ हजार २१ मतले पछाडि पारेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार महेन्द्रबहादुरले १८ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् भने एमालेका नगेन्द्रले १२ हजार आठ सय २४ मत प्राप्त गरेका छन् ।
कालिकोटमा ४६ हजार छ सय ६९ मत खसेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया