राजनीति

धनुषा-३ मा एमालेकी जुलीकुमारी महतो विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ८:१० बजे

जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनी ३३ हजार ३५५ मतसहित विजयी भएकी हुन् ।

सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै जुली विजयी भइन् ।


अनिलले २३ हजार ६८६ मत पाएका छन् ।

यस क्षेत्रमा एमालेले एकल प्रतिस्पर्धा गरेको थियो ।


Author

थप समाचार
x