राजनीति

तेह्रथुम प्रदेशसभा १ मा एमालेका दुलाल विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ८:३० बजे

म्याङलुङ- तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा एमालेका उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत पाएका छन् ।

मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्वन्द्वी सुब्बालाई पछि पारेका हुन् ।


प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x