राजनीति

कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ११:६ बजे

कैलाली- कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई १ हजार ७४ मतान्तरले पराजित गरी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । 


विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा पराजित रानाले २० हजार ३१८ मत पाए । 

यसैगरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३४९ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ७ हजार ४६० मत प्राप्त गरे ।


Author

थप समाचार
x