राजनीति

इलाम–१ मा रोकिएको मतगणना सुरु, झलनाथ खनालभन्दा महेश बस्नेत अगाडि

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १२:१ बजे

काठमाडौँ– इलाम–१ मा विवादका कारण रोकिएको मतगणना सुरु भएको छ । मत गणनाका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिविना नै मतगणना सुरु भएको र गणना गरिएका मतपत्र हराएको भन्दै विवाद भएको बताइएको थियो । तर, शुक्रबार सर्वदलीय बैठक बसेर गणना सुरु गरिएको छ ।

यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष महेश बस्नेतबीच प्रतिस्पर्धा भइरहेको छ ।


हालसम्मको गणना अनुसार एमालेका बस्नेतले ११ हजार ३ सय ९४ मत ल्याएका छन् भने समाजवादीका खनालले ९ हजार ८ सय ४८ मत ल्याएका छन् । यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा खनाल विजयी भएका थिए ।

खनाल र बस्नेत एमाले विभाजन अघि एकै दलमा थिए । तर, पार्टी विभाजन भएपछि फरक दलबाट उनीहरूबीच प्रतिस्पर्धा भइरहेकाले सबैको ध्यान खिचेको छ । 


Author

थप समाचार
x