राजनीति

डोल्पामा एकीकृत समाजवादीका बुढा विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १२:१६ बजे

सुर्खेत- डोल्पाको निर्वाचन क्षेत्र अन्तर्गत प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् । उनी ११ हजार २ सय ९२ मत ल्याई विजयी भएका हुन् । 

उनले प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७ सय ९३ मत अन्तरले पराजित गरे । एमालेका शाहीले ५ हजार ५ सय ५ मत ल्याए । पराजित शाही ठुलीभेरी नगरपालिकाका निर्वतमान नगरप्रमुख हुन् ।


नेकपा एसबाट नेकपा एमालेमा प्रवेश गरेर शाही बुढासँग चुनावी प्रतिस्पर्धामा थिए । बुढा पूर्व पर्यटन राज्यमन्त्री हुन् । 


Author

थप समाचार
x